नेपालको अनलाइन व्यापारको दुनियाँमा Daraz एउटा चिनिएको नाम हो। तर अब, Hitiya नामक पूर्ण नेपाली ई–कमर्स प्लेटफर्मले विक्रेताहरूलाई निःशुल्क, पारदर्शी र सजिलो सेवा प्रदान गर्दै नेपाली बजारमा नयाँ सम्भावना ल्याएको छ। तल यी दुई प्लेटफर्मको मुख्य पक्षहरूको तुलना गरिएको छ:
Daraz र Hitiya दुबैले आफ्नो मोबाइल एपमार्फत ग्राहक र विक्रेतालाई सेवा दिन्छन्। यस्ता एपहरूले प्रयोगकर्तालाई सजिलो बनाउँछन्, तर फरक भनेको छ सेवामा।
Daraz मा विक्रेताबाट १०% देखि ३०% सम्म विभिन्न शीर्षकहरूमा शुल्क लिइन्छ, जस्तै Payment Processing, Warehouse Fee, Customer Support, Packaging आदि। त्यहाँ कहिलेकाहीँ सदस्यता शुल्क पनि लाग्न सक्छ, साथै धेरै लुकेका शुल्कहरू छन्।
तर Hitiya मा कुनै पनि प्रकारको शुल्क छैन। न त कमीशन, न त सदस्यता, न कुनै लुकेको खर्च। विक्रेताले जुन मूल्यमा बेच्न चाहन्छ, त्यो मूल्यमै बेच्न पाउँछ।
Daraz मा ग्राहकले भुक्तानी गरेपछि रकम पहिले Daraz ले होल्ड गर्छ र केही दिनपछि मात्र विक्रेतालाई ट्रान्सफर हुन्छ।
Hitiya मा भने ग्राहक र विक्रेताबीच सिधा भुक्तानी हुन्छ। Hitiya ले पैसा होल्ड गर्दैन — पारदर्शी र स्वतन्त्र प्रणाली छ।
Daraz मा विक्रेता प्रायः ठूला शहरहरूमा मात्र सीमित छन् — जस्तै काठमाडौं, पोखरा, चितवन आदि।
तर Hitiya मा गाउँदेखि शहरसम्म सबै क्षेत्रका विक्रेताहरू छन्। यो प्लेटफर्मले स्थानीय व्यवसायलाई प्राथमिकता दिन्छ र सम्पूर्ण नेपालभर व्यापार गर्न सहयोग गर्छ।
Daraz मा छुट र कुपन Daraz कम्पनी आफैंले बनाउँछ।
तर Hitiya मा विक्रेताले आफूले चाहेको बेला, आफूले चाहेको कुपन र छुट आफैं बनाउने स्वतन्त्रता पाउँछ। चाहे त्यो Free Delivery होस् वा Discount on Purchase — सबै तपाईंको नियन्त्रणमा हुन्छ।
Daraz मा धेरै विक्रेताहरू असन्तुष्ट छन्। कारण? कठोर नियम, जरिवाना, ढिलो पेमेन्ट, र धेरै शुल्कहरू।
तर Hitiya मा विक्रेतालाई सजिलो बनाउने नीति छ। न त कमीशन, न जरिवाना — एकदमै विक्रेता–मैत्री प्लेटफर्म हो।
Daraz एक विदेशी कम्पनी हो जुन Alibaba Group अन्तर्गत पर्दछ।
Hitiya भने पूर्ण रूपमा नेपाली कम्पनी हो। यसको उद्देश्य नै हो – नेपाली व्यवसायलाई प्रवर्द्धन गर्नु, आत्मनिर्भरता बढाउनु, र स्थानीय उत्पादनलाई डिजिटल बजार दिनु।
✅ शून्य कमीशन – Zero Fees
✅ ग्राहकसँग सिधा डिल गर्ने स्वतन्त्रता
✅ सम्पूर्ण नेपालभर विक्रेता पहुँच
✅ नेपाली व्यवसायलाई प्राथमिकता
✅ सजिलो कुपन र छुट बनाउने प्रणाली
✅ दैनिक वा तुरुन्त भुक्तानी सुविधा
✅ नेपाली कम्पनी, नेपाली समाधान
👉 यदि तपाईं एक व्यवसायी, होम प्रोडक्ट विक्रेता, वा लोकल स्टोर हो भने – अब Hitiya मा व्यवसाय सुरु गर्नुहोस्।
न त जरिवानाको डर, न त कमीशनको बोझ।
You need to Sign in to view this feature
This address will be removed from this list