आज हामी जान्नेछौं Hitiya App प्रयोग गरेर कसरी सजिलै प्रोडक्ट अर्डर गर्न सकिन्छ। यदि तपाईंले यो App पहिलो पटक प्रयोग गर्दै हुनुहुन्छ भने, यो गाइड तपाईंको लागि एकदमै उपयोगी हुनेछ।
सबैभन्दा पहिले, हाम्रो App Android र iOS दुबैमा उपलब्ध छ। तपाईंले Google Play Store वा Apple App Store बाट “Hitiya” डाउनलोड गर्न सक्नुहुन्छ।
Hitiya के हो?
Hitiya एक Nepal-based ecommerce platform हो, जहाँ multiple sellers ले आफ्ना प्रोडक्ट बिक्री गर्छन्। Hitiya आफैंले कुनै सामान बेच्दैन, तर विक्रेता र ग्राहक बीचको trusted माध्यमको रूपमा काम गर्छ।
र सबैभन्दा खास कुरा — यहाँ विक्रेताले कुनै commission तिर्नु पर्दैन। त्यसैले ग्राहकले अरू प्लेटफर्मको तुलनामा सस्तो मूल्यमा सामान पाउनुहुन्छ।
☑️ App खुल्नेबित्तिकै Splash Screen देखिन्छ। त्यसपछि “Next” वा “Skip” गरेर सीधा App को homepage मा जान सकिन्छ।
☑️ माथि रहेको Search bar बाट सजिलै आफूले खोजेको वस्तु पत्ता लगाउन सकिन्छ।
☑️ Banner ads मा चलिरहेको अफरहरू देखिन्छन्। क्लिक गरेपछि सम्बन्धित पेज खुल्छ।
☑️ Categories section मा विभिन्न product categories दिइएका हुन्छन् — जस्तै Clothing, Electronics, Beauty, आदि।
☑️ Top Pasal मा Verified र राम्रो performing seller को listing हुन्छ।
☑️ “Deal of the Day” मा दैनिक छुटमा पाइने सामानहरू देखिन्छन्।
☑️ “Latest Products” मा हालै थपिएका नयाँ items देखिन्छन्।
☑️ “All Brands” section बाट तपाईं कुनै पनि ब्रान्डको सामान browse गर्न सक्नुहुन्छ।
🧡 कुनै पनि मन परेको प्रोडक्टमा क्लिक गर्नुहोस्।
🧡 त्यहाँ तपाईंलाई Photos, Specifications, Reviews, र Seller को प्रोफाइल देखिन्छ।
🧡 तलको “Add to Cart” वा “Buy Now” विकल्प प्रयोग गरेर सामान छान्नुहोस्।
🧡 Checkout मा जानेबित्तिकै तपाईंलाई Login गर्न भनिन्छ। Login गर्न सजिलो छ — Email/Phone, Facebook वा Google बाट login गर्न सकिन्छ।
नयाँ user हुनुहुन्छ भने Signup गर्न सकिन्छ, जुन एकदमै fast process हो।
🧡 Cart मा गइ Checkout गर्नुहोस्। चाहिएको भए Coupon code पनि Apply गर्न सक्नुहुन्छ।
🧡 अब Delivery Details भर्नुहोस् — नाम, फोन नम्बर, ठेगाना, जिल्ला आदि। Save गरेपछि पुन: प्रयोग गर्न सकिन्छ।
🧡 Payment Method छान्नुहोस्:
⚠️ कृपया ध्यान दिनुहोस्:
हामीले दिएको account नम्बरबाहेक अन्य कुनैमा पैसा नपठाउनुहोस्। गलत खातामा पठाइएको रकमको जिम्मेवारी हाम्रो हुने छैन।
🧡 अन्त्यमा तपाईंले “Confirm Order” मा क्लिक गर्नुहोस्। त्यसपछि तपाईंको अर्डर सफलतापूर्वक राखिनेछ। तपाईंले email र app मा notification पाउनुहुनेछ।
⭐ My Orders मा गइ
🚫 Seller ले यदि Advance Payment मागे भने तुरुन्तै हामीलाई खबर गर्नुहोस्।
✅ पैसा हाम्रो Platform बाट जानु सुरक्षित हुन्छ।
अब तपाईं पनि Hitiya App बाट सस्तो, भरपर्दो र सजिलो अर्डर प्रक्रिया मा सहभागी बन्न सक्नुहुन्छ।
You need to Sign in to view this feature
This address will be removed from this list