Website Using Sellers & V...

Hitiya मा विक्रेता कसरी बन्ने? Step By Step सजिलो प्रक्रिया (From Website with Screenshots)

By Krishna Kc 23 Views May 30, 2025
Hitiya मा विक्रेता कसरी बन्ने? Step By Step सजिलो प्रक्रिया (From Website with Screenshots)

यदि तपाईं अनलाइन व्यवसाय गर्न चाहनुहुन्छ भने Hitiya.com तपाईंका लागि उत्कृष्ट निःशुल्क प्लेटफर्म हो। यो पोस्टमा हामी "Hitiya मा विक्रेता कसरी बन्ने?" भन्ने कुरा Step By Step रूपमा बुझ्नेछौं।

१. Hitiya.com वेबसाइटमा जानुहोस्

सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटर ब्राउजरमा https://hitiya.com खोल्नुहोस्।

https://hitiya.com

२. Seller Zone मेनुमा जानुहोस्


वेबसाइटको माथिल्लो भाग (Top Menu) मा Seller Zone भन्ने मेनु देखिनुहुनेछ। त्यहाँ Mouse लैजाँदा दुई विकल्प देखिनेछ:

  1. Become a Seller
  2. Seller Login


Seller Zone

३. नयाँ विक्रेताको लागि – Become a Seller

यदि तपाईं नयाँ विक्रेता हुनुहुन्छ भने Become a Seller बटनमा क्लिक गर्नुहोस्। वा तपाईं यो लिंकमा सिधै जान सक्नुहुन्छ:

👉 Seller Registration Link


Seller Page



४. Become a Seller बटनमा क्लिक गरेपछि, तपाईंले एउटा फारम देख्नुहुनेछ।

त्यो स्क्रिनमा तपाईंले निम्न विवरणहरू भरि दिनुपर्छ:

  1. Email ठेगाना
  2. सम्पर्क नम्बर (Contact Number)
  3. पासवर्ड (कम्तिमा ८ Character)


🔐 पासवर्ड सम्बन्धी विशेष आवश्यकता

Password Requirements

जब तपाईं पासवर्ड लेख्नुहुन्छ, कृपया निम्न कुराहरू ध्यान दिनुहोस्:

📌 तपाईंको पासवर्ड कम्तिमा ८ क्यारेक्टर लामो हुनुपर्छ र निम्न पाँच कुरा समेटिएको हुनुपर्छ:

  1. एकवटा क्यापिटल (Uppercase) अक्षर — जस्तै: A, B, C...
  2. एकवटा सानो (Lowercase) अक्षर — जस्तै: a, b, c...
  3. एकवटा अंक (Digit) — जस्तै: 0, 1, 2...
  4. एकवटा विशेष चिन्ह (Special Character) — जस्तै: @, #, $, %, !
  5. स्पेस (Blank space) नहुनु पर्नेछ

✅ सही उदाहरण: Shop@123

❌ गलत उदाहरण: shop123 (uppercase, special character छैन)


👉 तपाईंको पासवर्ड सुरक्षित रहन्छ र हामी (Hitiya टीम) ले पनि त्यसलाई हेर्न सक्दैनौं।

👉 सम्पर्क नम्बर लेख्दा त्यही नम्बरमा WhatsApp उपलब्ध हुनु आवश्यक छ, किनभने हामी सबै जानकारी तथा निर्देशन WhatsApp मार्फत उपलब्ध गराउनेछौं।


सबै विवरणहरू — Email, Contact Number र Password — सही रूपमा भरेपछि, फारमको अन्त्यमा रहेको "Proceed Next" बटनमा क्लिक गर्नुहोस्।


proceed next


५ . Fill in Your Personal and Shop Information

अब तपाईं अर्को पृष्ठमा पुग्नुभएको छ जहाँ तपाईंले व्यक्तिगत तथा पसलसम्बन्धी जानकारीहरू भर्नुपर्ने हुन्छ।


🔸 व्यक्तिगत जानकारी (Personal Information):

  1. Full Name (पुरा नाम) – तपाईंको पुरा नाम लेख्नुहोस्।
  2. Photo (फोटो) – तपाईंको अनुहार प्रस्ट देखिने फोटो अपलोड गर्नुहोस्।

📌 नोट: फोटो स्पष्ट र वास्तविक हुनुपर्छ। अनुहार राम्रोसँग देखिनुपर्छ।


personal detail



🔸 पसलसम्बन्धी जानकारी (Shop Information):

  1. Shop Name (पसलको नाम) – तपाईं आफ्नो पसलको नाम लेख्न सक्नुहुन्छ जुन हाम्रो वेबसाइटमा देखिनेछ।
  2. 👉 यो नाम तपाईंको वर्तमान पसलसँग मिल्न पनि सक्छ, नमिल्न पनि।
  3. Shop Address (पसलको ठेगाना) – तपाईंले सामान कहाँबाट डेलिभरी पिकअप गर्नुहुन्छ, त्यही स्थानको ठिक ठेगाना लेख्नुपर्छ।
  4. Shop Logo (पसलको लोगो)
  5. 👉 लोगो गोलो (Round format) हुनुपर्छ
  6. 👉 अधिकतम 2MB साइज
  7. 👉 jpg वा png फाइल मात्र सपोर्ट हुन्छ।
  8. Shop Banner (पसलको ब्यानर)
  9. 👉 ब्यानर पनि jpg वा png फाइलमा हुनुपर्छ र अधिकतम 2MB साइजसम्म।


shop information

🔸 अन्तिम चरणहरू (Final Steps):

  1. ✅ reCAPTCHA मा टिक गर्नुहोस् (म रोबोट होइन भन्ने प्रमाणित गर्न)
  2. ✅ "I agree to terms and conditions" मा टिक गर्नुहोस्
  3. ✅ Submit बटनमा क्लिक गर्नुहोस्

submit


Confirm After Clicking Submit

जब तपाईंले सबै विवरणहरू भरेर Submit बटनमा क्लिक गर्नुहुन्छ, त्यसपछि तपाईंलाई एउटा पपअप (Popup) देखिन्छ।

त्यो पपअपमा यस्तो सोधिन्छ:

"Want to apply as a Seller?"

👉 यहाँ तपाईंले "Yes" बटनमा क्लिक गर्नुहोस्।

popup

त्यसपछि तपाईंले भरेको सबै विवरणहरू Hitiya टिममा Submit हुन्छ।

अब तपाईंको आवेदन Review प्रक्रिया सुरु हुन्छ।

success

जब तपाईंको आवेदन Approve हुन्छ, तपाईं seller login Link(https://hitiya.com/vendor/auth/login) मा गएर आफ्नो Seller Dashboard प्रयोग गर्न सक्नुहुन्छ।

यदि तपाईं वेबसाइटबाट फारम भरिदिन झन्झट लाग्छ भने, तपाईं Hitiya Seller App डाउनलोड गरेर पनि सजिलै विक्रेता बन्न सक्नुहुन्छ।

👉 Hitiya Seller App दुबै प्लेटफर्ममा उपलब्ध छ:

  1. Google Play Store
  2. Apple App Store


एपमार्फत पनि तपाईंले सबै प्रक्रिया — दर्ता, लगइन, Product थप्ने, Order हेर्ने — सजिलै गर्न सक्नुहुन्छ।


६.Shop Verification Process

तपाईंले फारम Submit गरेपछि, हाम्रो टिमले तपाईंलाई WhatsApp मार्फत सम्पर्क गर्नेछ।

📌 हामी तपाईंलाई निम्न दुई कुराको फोटो माग्नेछौं:

  1. पसल दर्ता प्रमाणपत्र (Shop Registration Paper)
  2. नागरिकताको फोटो (Citizenship Photo)

👉 यसले हामीलाई तपाईंको Identity Verification गर्न र Spam ,Scam तथा ठगी रोकथाम गर्न सहयोग गर्छ।

📢 तपाईंको सबै जानकारी गोप्य रहन्छ र सुरक्षित रूपमा राखिनेछ।

⏱️ खाता सक्रियता समय

Account Activation Time

✅ तपाईंको खाता अधिकतम २४ घण्टाभित्र सक्रिय गरिनेछ।

❌ यदि २४ घण्टा बितिसक्दा पनि तपाईंको खाता स्वीकृत गरिएन भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्:

  1. 📞 WhatsApp: +977-9814581248
  2. 📧 Email: [email protected]

⚠️ महत्वपूर्ण सूचना

Important Notice

📌 कृपया ध्यान दिनुहोस्:

Hitiya मा विक्रेता बन्ने सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क (FREE) छ।

  1. कुनै दर्ता शुल्क (registration charge) लाग्दैन
  2. कुनै मासिक सदस्यता शुल्क (monthly subscription) छैन
  3. कुनै कमिसन शुल्क (commission charge) लिइँदैन

✅ तपाईंले पसल चलाउन, उत्पादनहरू बेच्न, वा प्लेटफर्म प्रयोग गर्न एक रुपैयाँ पनि तिर्नु पर्दैन।

👉 यदि कसैले तपाईंलाई पैसा माग्छ वा शुल्क लिन्छ भने, तुरुन्त हामीलाई जानकारी दिनुहोस्:


हामी तपाईंको सुरक्षाको लागि सधैं तयार छौं।