Website Using Sellers & V...

Hitiya विक्रेताको लागि Dashboard कसरी प्रयोग गर्ने? Full Guide नेपालीमा

By Krishna Kc 19 Views May 30, 2025
Hitiya विक्रेताको लागि Dashboard कसरी प्रयोग गर्ने? Full Guide नेपालीमा

Seller Account Approve भएपछि के गर्ने?

जब तपाईंको Seller Account स्वीकृत (Approved) हुन्छ, त्यसको जानकारी तपाईंको दर्ता गरिएको Email र फोन नम्बर (WhatsApp) मा पठाइनेछ। त्यसपछि तपाईं अब आफ्नो खातामा Login गर्न सक्नुहुन्छ।

🔐 Login गर्ने तरिका:

तपाईंले दुई तरिकाबाट Login गर्न सक्नुहुन्छ:

  1. Hitiya Seller App प्रयोग गरेर
  2. 👉 मोबाइलमा हाम्रो Hitiya Seller App खोलेर Login गर्नुहोस्।
  3. Website बाट Login गर्ने
  4. 👉 तपाईं वेबसाइटको यो लिंकमा जान सक्नुहुन्छ:
  5. 🔗 https://hitiya.com/vendor/auth/login

seller login


👉 hitiya.com वेबसाइट खोल्नुहोस् र माथिल्लो भागको Seller Zone मा रहेको "Seller Login" बटनमा क्लिक गर्नुहोस्।

seller login


🔑 Login गर्दा गर्ने प्रक्रिया:

अब तपाईंले निम्न विवरणहरू सही रूपमा लेख्नुपर्छ:

  1. तपाईंले दर्ता (register) गर्दा प्रयोग गर्नुभएको Email लेख्नुहोस्
  2. त्यसपछि तपाईंको Password लेख्नुहोस्
  3. reCAPTCHA मा क्लिक गर्नुहोस् (म रोबोट होइन भनेर प्रमाणित गर्न)

✅ सबै विवरण ठीकसँग लेखिसकेपछि "Sign In" बटनमा क्लिक गर्नुहोस्।

पासवर्ड बिर्सनुभयो भने?

👉 यदि तपाईंले पासवर्ड बिर्सनुभयो भने, "Forgot Password" भन्ने लिंकमा क्लिक गर्नुहोस्।

👉 यदि त्यसरी पनि तपाईंले पासवर्ड Recover गर्न सक्नु भएन भने, हामीलाई सिधै सम्पर्क गर्नुहोस्, हामी तपाईंको पासवर्ड Recover गरिदिनेछौं।


Login गरेपछि तपाईं अब आफ्नो Seller Dashboard मा पुग्नुहुनेछ।

dashboard

🖥️ Dashboard Overview:

यहाँ तपाईंले आफ्नो व्यवसाय सम्बन्धी सबै आवश्यक जानकारी एकै ठाउँमा पाउनुहुन्छ, जस्तै:

  1. सबै Order हरूको सूची
  2. Statistics (विवरण)
  3. Top Order (सबैभन्दा बढी Order भएको सामान)
  4. Total Earnings (कूल आम्दानी)
  5. अन्य महत्वपूर्ण रिपोर्टहरू

📌 Dashboard को बायाँपट्टि (Left Side Menu) मा तपाईंले विभिन्न Menu Options देख्न सक्नुहुन्छ।

अब हामी तपाईंलाई ती सबै Menu विवरणहरू क्रमशः दिँदैछौं।

menu

🔹 Dashboard

Dashboard बाट तपाईं आफ्नो सम्पूर्ण पसलको बिक्री, आम्दानी, अर्डर लगायत सबै विवरण हेर्न सक्नुहुन्छ।

यहाँ तपाईंको दैनिक बिक्री, Top अर्डर, Total अर्डर, आम्दानी, र अन्य जानकारी एक नजरमै देख्न सकिन्छ।

🔹 POS (Point of Sale)

POS मेनुबाट तपाईं काउन्टर बिक्री (Counter Sales) गर्न सक्नुहुन्छ र Stock Update पनि गर्न सक्नुहुन्छ।

यदि तपाईंले पसलमा प्रत्यक्ष बिक्री गर्नुहुन्छ भने, यसबाट सजिलै Billing गर्न सक्नुहुन्छ।

🔹 Orders

Orders मेनुमा तपाईंले अहिलेसम्म प्राप्त सबै अर्डरहरू देख्न सक्नुहुन्छ।

यहाँ विभिन्न स्टाटस अनुसार अर्डर हेर्न सकिन्छ:

  1. All (सबै अर्डर)
  2. Pending
  3. Confirmed (पुष्टि गरिएका)
  4. Packaging (प्याकेजिङ भइरहेको)
  5. Out for Delivery (डेलिभरीमा पठाइएको)
  6. Delivered (डेलिभरी भयेको)
  7. Returned (फिर्ता गरिएको)
  8. Failed to Deliver (डेलिभर गर्न नसकिएको)
  9. Cancelled (रद्द गरिएको)

👉 तपाईंले कुनै पनि स्टाटसमा क्लिक गरेर त्यस अन्तर्गतका सबै अर्डरहरूको विवरण हेर्न सक्नुहुन्छ।

🔹 Refund Request

यदि तपाईंले डेलिभर गरेको सामानमा कुनै समस्या देखिएर ग्राहकले फिर्ता माग गरेमा, ग्राहकले ५ दिनभित्र Refund Request गर्न सक्छ।

यस मेनुबाट तपाईं ग्राहकसँग सम्पर्क गर्न सक्नुहुन्छ र Refund Request लाई Accept वा Reject गर्न सक्नुहुन्छ।

🔹 Product Management

तपाईंका सबै उत्पादन व्यवस्थापन गर्ने मेनु यही हो।

यसअन्तर्गत तपाईंले निम्न उप-मेनुहरू देख्नुहुनेछ:

🔸 Product List

यहाँ तपाईंले थपेका सबै Product हरूको सूची देखिन्छ।

🔸 Approved Product List

यसमा तपाईंका स्वीकृत (Approved) भएका Product हरू देखिन्छन्, जुन Website मा Live छन्।

🔸 New Product Request

यहाँ तपाईंले भर्खरै नयाँ Product को लागि अनुरोध (Request) पठाउनु भएको देखिन्छ।

👉 हामी त्यसलाई Review गरी Approval दिनेछौं।

🔸 Denied Product Request

यहाँ तपाईंका अस्वीकृत (Rejected) भएका Product हरू देख्न सक्नुहुन्छ।

👉 यदि केही समस्या देखिएको छ भने, तपाईं पुनः सम्पादन (Re-Edit) गरेर फेरि Approval को लागि पठाउन सक्नुहुन्छ।

🔸 Product Gallery

यहाँ तपाईंका सबै Product हरूको फोटोहरू देख्न सक्नुहुन्छ।

🔹 Product Reviews

यहाँ तपाईंका Product हरूमा ग्राहकहरूले दिएका Review हरू देख्न सक्नुहुन्छ।

👉 ग्राहकले केवल Product प्राप्त गरेपछि मात्र समीक्षा दिन पाउँछन्।

यसले तपाईंलाई ग्राहक प्रतिक्रिया बुझ्न मद्दत गर्छ।

🔹 Coupons

Coupons मेनुबाट तपाईं ग्राहकलाई छुट (Discount) दिने विशेष कुपन कोड बनाउन सक्नुहुन्छ।

👉 ग्राहकले Checkout गर्दा त्यस्तो Coupon Apply गरेर छुट प्राप्त गर्न सक्छन्।

🔹 Clearance Sale

यदि तपाईंका कुनै Product चाँडै Expire हुँदैछ वा त्यो सिजन सकिन लागेको छ भने, Clearance Sale मा राख्न सक्नुहुन्छ।

📌 यो एक Paid Feature हो, र तपाईंले यसका लागि शुल्क तिर्नुपर्ने हुन्छ।

👉 यदि तपाईं कुनै Product ,Clearance Sale मा राख्न चाहनुहुन्छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

✅ तपाईंको Clearance Sale उत्पादनहरू हाम्रो वेबसाइट र App को मुख्य पृष्ठ (Front Page) मा देखाइन्छन्, जसले गर्दा छिटो बिक्री हुन्छ।

🔹 Inbox

Inbox मेनुमा तपाईं ग्राहकसँग भएका सबै Message/Chat हेर्न सक्नुहुन्छ।

👉 तपाईंले ग्राहकको प्रश्न वा गुनासोको जवाफ यहींबाट दिन सक्नुहुन्छ।

other menu

🔹 Reports

🔸 Transaction Report

यहाँ तपाईंका सबै आर्थिक कारोबार — क्रेडिट, डेबिट, आम्दानी, इत्यादि — को विस्तृत रिपोर्ट देख्न सकिन्छ।

🔸 Product Report

यहाँ तपाईंका Product को रिपोर्ट — जस्तै स्टक, बिक्री संख्या, इत्यादि — उपलब्ध हुन्छ।

🔸 Order Report

Order Report मेनुमा तपाईंका अर्डरहरूको संख्यात्मक विवरण (Order Statistics) हेर्न सक्नुहुन्छ।

🔹 Shipping Method

Shipping Method मेनुमा तपाईंले कसरी ग्राहकलाई सामान डेलिभरी गर्ने भन्ने सेटिङ गर्न सक्नुहुन्छ।

👉 तपाईं Delivery Charge ग्राहकबाट लिन सक्नुहुन्छ —

  1. स्थान (Location) अनुसार
  2. उत्पादनको प्रकार (Product Type) अनुसार
  3. श्रेणी (Category Type) अनुसार

📌 तर एकपटकमा केवल एउटै विकल्प मात्र Enable गर्न सक्नुहुन्छ।

🔹 Withdraw

यहाँबाट तपाईं आफ्नो Hitiya Wallet मा भएको रकम बैंकमा झिक्न सक्नुहुन्छ।

👉 Pending Amount तपाईंले Withdraw गर्न सक्नुहुन्छ।

🔹 Bank Information

Bank Information मेनुमा तपाईंले आफ्नो बैंक खाता विवरण दिनुपर्छ।

👉 तपाईं व्यक्तिगत (Saving) वा व्यवसायिक (Current) खाता दिन सक्नुहुन्छ।

👉 तपाईंको Payment हरेक नेपाली महिनाको १ र १५ गते बैंकमा जम्मा गरिनेछ।

🔹 Shop Information

यहाँ तपाईं आफ्नो पसलको विवरण सम्पादन (Edit) गर्न सक्नुहुन्छ।

👉 चाहेमा पसललाई Deactivate पनि गर्न सक्नुहुन्छ।

🔹 Deliveryman

Deliveryman मेनुबाट तपाईं आफ्नै Delivery कर्मचारी थप्न सक्नुहुन्छ।

👉 उनीहरूले तपाईंको सामान ग्राहकसम्म पुर्‍याउने कार्य गर्छन्।

दायाँ माथिल्लो कुनामा रहेको प्रोफाइल आइकनमा क्लिक गरेर तपाईं आफ्नो ईमेल, पासवर्ड, र सम्पर्क नम्बर सजिलै सम्पादन (Edit) गर्न सक्नुहुन्छ।

right menu

👉 यो सेटिङ Personal ,Security Information,Logout को लागि उपयोगी हुन्छ।